एलिजा फाउन्डेसनले गर्यो तेह्रथुममा निशुल्क एम्बुलेन्स वितरण


नायिका एलिजा गौतमले संचालन गरिरहेको एलिजा फाउन्डेसनले तेह्रथुम जिल्ला अवस्थित फेदाप गाउँपालिकामा निशुल्क एम्बुलेन्स प्रदान गरेको छ। फेदाप गाउँपालीकामा एम्बुलेन्सको आवश्यकता महसुस भएपछी आफुले एक एम्बुलेन्स हस्तान्तरण गरेको एलिजाले बताएकी छिन्। एक कार्यक्रमका बीचमा एलिजाका माता पिताले एम्बुलेन्स हस्तान्तरण गरेका छन्।

एलिजाले आगामी दिनमा फाउन्डेसनको तर्फवाट दुर्गम जिल्लामा अप्ठ्यारोमा परेकालाई सहयोग गर्ने बाचा समेत गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्