‘भ्वाइस अफ नेपाल-४’ मा राजेश र प्रविशाको इन्ट्री, यस्तो छ समीकरण


‘भ्वाइस अफ नेपाल’ सिजन ४ मा दुई नयाँ कोचको प्रवेश भएको छ। चौथो सिजनसम्म आइपुग्दा अघिल्ला सिजनका प्रमोद खरेल र राजु लामा दोहोरिदा दीप श्रेष्ठले यो सिजनाका लागी बिश्राम लिएका छन्। उनको ठाउँमा गायक राजेशपायल राईको इन्ट्री भएको छ। त्यस्तै यो सिजनमा कोचको रुपमा गायिका प्रविशा अधिकारीको इन्ट्री भएको छ। प्रविशाले यस अगाडी द भ्वाइस किड्समा कोचको रुपमा काम गरिसकेकी छिन् ।

राजेश गेस्ट कोचको रुपमा भ्वाइस अफ नेपाल सिजन ३ मा देखिएका थिए। डिजिटल अडिसनमा सहभागी भएका ४१ हजार आवेदक मध्येबाट छानिएका १२० प्रतिभा सहित ब्लाइन्ड अडिसनको तयारीमा जुटेको निर्माण टिमले आज औपचारिक घोषणा गर्दैछ । लक्ष्मण पौडेलले शो निर्देशन गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्