A vertical shot of the black cat in the dark darkness

आर्यनकी बेहुली बन्ने बेनिशाको सपना


गायिका दीक्षा जे थापा र गायक एस डी योगीको स्वरमा रहेको नयाँ गीत ‘आउन राजा’ सार्वजनिक भएको छ। एसडी योगीले संगीत भरेको गीतमा हर्क साउदको शब्द रहेको छ।


गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री बेनिशा हमला फिचर रहेका छन्। अभिनेत्री हमालको आफ्नै प्रोडक्सन कम्पनी मौरी पिक्चर्सबाट गीतको भिडीयो सार्वजनिक गरिएको हो।

एक युवतीले बिहेको सपना बुन्दै एक युवकको कल्पना गरेका दृश्यलाई निर्देशक निकेश खड्काले भिडियोमा उतारेका छन्। हरि हुमागाईले खिचेको भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका छन्। भिडियोमा सुभम भुजेलको कोरियोग्राफी रहेको छ।

प्रतिक्रिया दिनुहोस्