तिम्रो मेरो साथ’ गीत: भिडियोमा बोल्ड साम्राज्ञीको मादकता


रमेश एमके पौडेलको निर्देशनमा तयार भएको चलचित्र ‘तिम्रो मेरो साथ’ को क्लब गीत सार्वजनिक भएको छ। ‘जोश छ जवानीको’ बोलको गीतमा योगेश काजी शाही र सारिका घिमिरेको आवाज रहेको गीतमा रमेश एमके पौडेलको शब्द तथा संगीत रहेको छ। गीतको भिडियोमा अभिनेत्री साम्राज्ञी आरएल शाह बोल्ड रुपमा प्रस्तुत भएकी छिन्। रामजी लामिछानेको कोरियोग्राफी गीतको भिडियोमा रहेको छ। साम्राज्ञीले गीतको भिडियोमा मादकता दर्शाएकी छिन्। भिडियोमा उनको साथमा पुष्प खड्का र सन्दिप क्षेत्री समेत फिचर रहेका छन्।

पौष २९ गतेबाट रिलिज तयारीमा रहेको चलचित्रमा साम्राज्ञी राज्य लक्ष्मी शाह, पुष्प खड्का, सन्दिप क्षेत्री, खड्क बहादुर पुन, इमिली लामा, सरोज खनाल लगायतको अभिनय रहेको छ ।

आर्यन फिल्मस तथा बोधी एचडी अमेरिकाको ब्यानरमा निर्मित यस चलचित्रको निर्मातामा पासाङ लामा र सह-निर्मातामा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन्।

प्रतिक्रिया दिनुहोस्