हर्क साम्पाङ्गको स्टाटसमा शिव परियारको आपत्ती


धरानका मेयर हर्क साम्पाङ्ग सामजिक संजालमा सक्रिय रहेका छन्। हरेक समय उनि सक्रिय रहन्छन्। हरेक बिषयमा बोल्ने हर्कले जातिय विषयमा एक स्टाटस लेखे। यस्तो थियो उनको स्टाटस :
‘गुइँठे, काइँला, जन्तरेउ आदि भने जस्तै हो चमारे भन्ने शब्द ! त्यसमा आपत्ति मान्नु पर्ने केही छैन ! आखिर चमारे भन्ने शब्दले कुनै जात समुदायलाई इङ्कित गरेको होइन ! फूल बनेर हेरौँ ! काँडा बनेर होइन !’

हर्कले यो पछि यो जातीय बिषयमा लेखिएको हैन भनेर अरु धेरै स्टाटस लेखि सके। तर यहि स्टाटसको विरोधमा गायक शिव परियार आएका छन्। जातीय विषय निकै संवेदनशील रहने शिवले सधै बताउदै आएका छन् र उनि यस्ता बिषयमा सहदै आफ्ना अभिव्यक्ति दिने गर्दछन्।

हर्कको स्टाटस आपत्तीजनक भएको शिवले आफ्नो समाजिक संजालमा उल्लेख गरेका छन्। शिव लेख्छन् : ‘हिजोको दिनमा आफूलाई उच्च जातको मसिहा ठानेर जातिय बिभेद गर्नेहरु आज लगभग बिभेदका सम्बन्धमा सकारात्मक बाटोबाट सच्चिने क्रम जारी छ | तर यसै बिचमा आर्थिक सामाजिक रुपमा भर्खरै बामे सर्दै गरेका नयाँ जोगिहरुको अभिव्यक्तिमा संवेदनाहिन रमिता हेर्नु परेको अवस्था छ | यो सामाजिक र जातिय सदभाव कायम राख्ने सम्बन्धमा घोर निन्दनिय र खेद जनक हो | यस्ता बिषयमा संवेदनशिल हुन आवश्यक छ |’

प्रतिक्रिया दिनुहोस्