‘ह्रस्व दीर्घ’ सेटबाट भारतीय कलाकारसंग निता ढुंगाना


निता ढुंगानाको महत्वकांक्षी प्रोजेक्ट ‘ह्रस्व दीर्घ’ को यतिबेला भारतमा सुटिङ्ग भैरहेको छ। चन्द्र पन्तको निर्देशनमा तयार भैरहेको चलचित्रको रामाजी दादासाहेब फिल्म स्टुडियोको सुटिङ्ग सम्पन्न गरेर यतिबेला कोलकत्ता सेड्युलमा काम गरिरहेको छ।

निता र हरिहर अधिकारी मुख्य भूमिकामा रहने चलचित्रमा भारतीय कलाकारको बाक्लो उपस्थिति रहेको छ। चलचित्रमा ब्रम्हानन्दन, अलि , प्रदिप रावत, सुनिल वर्मा लगायत भारतका चर्चित कलाकारको अभिनय रहनेछ। निता चलचित्रका यी कलाकारसंगको तस्विर शेयर गरेकी छिन्। चलचित्रमा विपना थापा, गरिमा शर्मा, नरेन खड्का लगायतका कलाकारको अभिनय देख्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्