अनमोल र सुहानाको प्रेम र विछोडको ‘ए मेरो हजुर ४’ टिजर


सुपरहिट सिरिज ‘ए मेरो हजुर’ को चौथो शृंखलाको टिजर सार्वजनिक भएको छ। बैशाख १ गतेलाई रिलिज मिति तय गर्दै निर्माण टिमले चलचित्रको टिजर सार्वजनिक गरेको हो। अनमोल केसी र सुहाना थापाको प्रेम र बिछोडलाई देखाईएको टिजर निर्माण टिमले युट्युवमा सार्वजनिक गरेको हो। अनमोल र सुहानालाई प्रस्तुत गरिएको टिजरमा निकै आकर्षक लोकेशन देखाईएको छ। सुनिलकुमार थापा निर्माता रहेको चलचित्रलाई झराना थापाले निर्देशन गरेकी छिन्। नयाँ बर्षबाट रिलिज तयारीमा रहेको चलचित्र नेपाली दर्शक र चलचित्रकर्मीका लागी नै प्रतिक्षित रहेको छ। लगभग कोमामा पुग्न लागेको चलचित्र क्षेत्रका लागी स्वास भर्ने काम यो चलचित्रले गर्नेमा धेरै ढुक्क रहेका छन्।

प्रतिक्रिया दिनुहोस्