‘छक्का पन्जा ४’ हलमा आक्रामक, युट्युवमा ‘सिरुपाते जुँगा’


फागुन १९ गतेबाट रिलिज भएको चलचित्र ‘छक्का पन्जा ४’ ले हलमा आक्रामक व्यापार गरिरहेको छ। रिलिजको पाँचौ दिनसम्ममा ६ करोड भन्दा बढीको व्यापार गरेको चलचित्र रिलिजको छैटौ दिनमा देशका अधिकांश हलमा हाउसफुल व्यापार गरिरहेको छ। वर्ड अफ माउथ बलियो पाएको चलचित्रको व्यापारमा अझै उछाल आउने पक्का रहेको छ। ‘छड्के २’ हलबाट उत्रिसकेको कारण बलिउडको चलचित्रको प्रभाव यो चलचित्रलाई पर्ने खासै देखिन्न।


हलमा चलचित्रले आक्रामक व्यापार गरिरहको अवस्था मा निर्माण टिमले नयाँ गीत सार्वजनिक गरेको छ। टिकटकमा हिट बनेको ‘सिरुपाते जुँगा’ बोलको गीत युट्युवमा रिलिज भएको छ। बाबुल गिरिको आवाज र संगीत रहेको गीतमा शंकर अधिकारि ‘घायल’ को शब्द रहेको छ। भिडियोमा दिपकराज गिरि र बेनिशा हमाल फिचर रहेका छन्। केहि सिनमा दिपाश्री निरौला र राज आचार्यलाइ पनि देख्न सकिन्छ।

हेमराज बिसीको निर्देशनमा तयार भएको चलचित्रमा दिपकराज गिरि, दिपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बेनिशा हमाल, राज आचार्य लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्