सामरिकासंग गजित र गम्भीरको ‘काली काली’


गम्भीर बिष्ट र गजित बिष्ट नेपाली कलाकारिता क्षेत्रको सफल पारिवारिक जोडी हो। दाजु भाईको यो जोडी नेपाली कोरियोग्राफी र चलचित्र क्षेत्रमा स्थापित बनिसकेको नाम हो। यिनै दुई दाजु भाईको सहकार्यमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘काली काली’ बोलको गीतमा राजेश पायल राईको स्वर, टी.एन आचार्यको शब्द र लक्ष्मण पोख्रेलको संगीत रहेको छ।

सुरेन्द्र बसेलको निर्देशनमा तयार भएको यो गीतको भिडियोमा गजित र गम्भीरको साथमा सामारिक ढकाल फिचर रहेकी छिन्। रोमान्टिक डान्सिङ्ग नम्बरको गीतको भिडियोलाई आकर्षक बनाउन निर्माण टीमले मिहेनत गरेको छ। विकास नेपालीको कोरियोग्राफी रहेको भिडियोमा दिनेश पराजुलीको छायाँकन र नविन निरौलाको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्