बलियो बन्दै ‘अगस्त्य’ को टिम, विजय, प्रमोद र रविन्द्र जोडिए


‘द अनब्रेकेबल : अगस्त्य’ च्याप्टर वानमा कलाकारको टोली ठुलो बन्दै गएको छ। अब्बल कलाकारको टीम बनाउन निर्माण टीमले कुनै कसर बाँकी राखेको छैन। सौगात मल्ल, नाजिर हुसेन र मलिका महत सुरुवाती चरणमा जोडिएको यो चलचित्रमा थप तीन कलाकारको प्रवेश भएको छ। कलाकारहरु प्रमोद अग्रहरी, रविन्द्र झा र विजय बराल जोडिएसंगै चलचित्रको लाइनअप बलियो बन्दै गएको छ।

जेठ १२ गतेबाट छायांकन सुरुवात गर्न लागेको चलचित्रमा केहि भारतीय कलाकारको अभिनय समेत रहनेछ। दुई च्याप्टरमा निर्माण हुने चलचित्रको कथा सौरभ चौधरीले लेखेका छन्। चलचित्रलाई चौधरीले नै निर्देशन गर्दैछन्। प्रकाश मल्ल र अनिष तामाङ्गले चलचित्रलाई निर्माण गर्दैछन्। चलचित्रको लागी नाजिर हुसेनले झन्डै २० केजी तौल बढाईरहेका छन् भने सौगात मल्ल पनि आफ्नो शरीरलाई सुगठित बनाउदैछन्। नेपालमा काठमाडौं र नवलपरासीसँगै भारतमा गोरखपुर र बनारसमा खिचिने चलचित्रमा डार्क हर्स इन्टरटेन्मेन्टको प्रस्तुती रहेको छ। डार्क हर्स इन्टरटेन्मेन्टको प्रस्तुती रहने फिल्मको छायांकन नेपालमा काठमाडौं र नवलपरासीसँगै भारतमा गोरखपुर र बनारसमा हुनेछ । फिल्मलाई संजय लामाले खिच्नेछन् ।

प्रतिक्रिया दिनुहोस्