मुख्य अभिनेत्रीको खोजीमा ‘बाघचाल’, यसरी दिन सकिन्छ अडिसन


चाडै नै निर्माण तयारीमा रहेको चलचित्र ‘बाघचाल’ मुख्य अभिनेत्रीको खोजीमा रहेको छ। सम्राट बस्नेतको निर्देशनमा तयार हुने चलचित्रले अडिसन आह्वान गरेको छ। देश तथा विदेशमा रहेका अभिनेत्री हुन इछुच्क महिलाले डिजिटल अडिसन दिन सक्नेछन् ।

लाखे निर्देशन गरेका सम्राटका अनुसार अडिसनमा सहभागी हुन चाहनेले फोटो र दुई मिनेटको आफ्नो प्रस्तुति सहितको भिडियो [email protected] तथा ह्वाट्सएप नम्बर +९७७९८४३८३२४४ मा पठाउनुपर्नेछ । अडिसनको समय सिमा असार ७ गतेसम्म लाई तोकिएको छ।

निर्माण टिमले यसअघि सामाजिक सञ्जालमार्फत सूचना निकाल्दै चलचित्रका लागि चाहिने ७ कलाकारका लागि अडिसन आव्हान गरेको थियो । निर्माण टिमले शनिबार र आइतबार राजधानीमा चलचित्रका कलाकारको लागी अडिसन सम्पन्न गरेको छ ।

१ सय ५१ जना सहभागी भएको दुई दिनको अडिसनबाट छानिएका र डिजिटल अडिसनबाट छानिने मुख्य अभिनेत्री नाम आगामी असार १० गते सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।

उत्तरगया म्यूजिक एण्ड फिल्मस् तथा सबिन फिल्मस्को व्यानरमा बन्ने चलचित्रमा न्यू लक्ष्मी ज्वेलर्स(यूके)को सहकार्य हुनेछ । राजीव गुरुङ(दीपक मनाङे)को प्रस्तुतिमा निर्माण हुने चलचित्रमा कलाकारका रुपमा सांसद राजीव गुरुङ(दीपक मनाङे), सबिन श्रेष्ठ यसअघि नै फाइनल भइसकेका छन् ।
धनबहादुर गुरुङ (डिबी), टिकाराम भण्डारी, समिर शाही (अष्ट्रेलिया) र कृष्ण थापा (अष्ट्रेलिया) निर्माता रहेको चलचित्रमा अभिनेता सबिन श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्