‘निरफुल’ हेर्न भिम रावल देखी करिश्मा मानन्धरसम्म , दिए यस्तो प्रतिक्रिया


शुक्रबार बाट रिलिज भएको चलचित्र ‘निरफुल’ हेर्न नेता देखि कलाकार अतिथिको रुपमा पुगेका छन्। मिश्रित प्रतिक्रिया र ठीकठाक दर्शकको साथ पाएको चलचित्र हेर्न नेता भिम रावल, अभिनेत्री करिश्मा मानन्धर, पत्रकार ऋषि धमला, दिनेश डिसी, गजित बिष्ट लगायत चलचित्र हेर्न पुगेका थिए। सोमबार बानेश्वरमा राखिएको बिशेष शो हेरेपछि निम्तालु अतिथिले चलचित्रको कथाबस्तु र कलाकारको कामको प्रशंसा गरेका छन् ।

फूलमान बल निर्देशित चलचित्रले ०७२ सालको महाभूकम्प र त्यसपछि परिवार, समाजमा पारेको असर र राज्य प्रणालीका समस्याको कथा उठान गरेको छ। नेता भिम रवालले राज्य प्रणालीमा थुप्रै समया रहेको र यसको उठान चलचित्रले राम्रोसंग गरेको प्रतिक्रिया दिए। अभिनेत्री करिश्मा मानन्धरले दयाहाङ राइले सधै अर्गानिक चलचित्र गर्ने र तयसको अर्को उदाहरणा निरफुल रहेको बताएकी छिन्।

दयाहाङ राई, शान्ती वाइवा, वुद्दि तामाङ, जिग्मे छ्योकी घिसिङ लगायतका कलाकारको अभिनय चलचित्रमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्