A vertical shot of the black cat in the dark darkness

सलोनलाई भारतमा उत्कृष्ट अभिनेताको अवार्ड


अभिनेता सलोन बस्नेतले भारतकको तामिलनाडु राज्यको उटीमा आयोजना भएको अवार्ड समारोहमा उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन्। जुन २६ मा आयोजना भएको त्रिलोक इन्टरनेशनल फिल्मफेयर अवार्डमा उनले छोटो चलचित्र ‘इम प्योर’ बाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका हुन्।


अनुप थापाको निर्देशनमा बनेको उक्त चलचित्रमा सलोनको साथमा अभिनेत्री मेनुका प्रधान र रुविना थापाको अभिनय रहेको छ । उक्त चलचित्रलाई अष्ट्रेलियन कम्पनीले निर्माण गरेको हो। सलोन बाल कलाकार हुदै नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन्। अभिनेताको रुपमा उनले होस्टल चलचित्र मार्फत डेव्यु गरेका हुन्।

हिट चलचित्रमा आफ्नो बलियो उपस्थिति जनाएका सलोनको अभिनयको प्रशंसा सधै हुने गरेको छ। सलोन बस्नेतको मुख्य भुमिका रहेको चलचित्र ‘जय हो’ आगामी भाद्र ८ गतेबाट नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्