घरमै मृत भेटिए अभिनेता सारुक, शवको आज पोस्टमार्टम हुदै


नायक सारुक ताम्राकार झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। रातोपुलस्थित आफ्नै घरमा बिहिबार उनि मृत फेला परेका हुन्। ३१ वर्षका उनी बिहीबार दिउँसो चलचित्र‘ह्यासट्याग माया’को छायांकन गरेर घर आएका थिए। बिहानबाटको सेड्युल सकेर घरमा आराम गर्ने भन्दै सुटिङ्ग सेट बाट फर्किएका थिए। कुनै अस्वभाविक चालचलन सुटिङ्ग सेटमा नदेखिएको र खुशी देखिने गरेको निर्माण टीमले जानकारी दिएको छ। चलचित्रको प्रोडक्सन म्यानेजर अरुण रेग्मीले सामान्य अबस्थामा सुटिङ्ग सकेर आराम गर्ने भन्दै सारुक घर फर्किएको जानकारी दिए। उनले हामीसंगको कुराकानीमा आफ्नो सेड्युलको सुटिङ्ग सकाएर भोलिपल्ट बिहान सेटमा भेट्ने भन्दै घर फर्किएका सारुकले किन त्यस्तो निर्णय लिए सबै अचम्मित भएको बताए।


बिहिबार परिवार नै एउटा पार्टीमा जाने तयारीमा थियो। बाबु-आमा पार्टीमा गएका थिए र सारुकले पनि पार्टीमा सरिक हुने जनाकारी गराएका थिए तर उनी पार्टीमा पुगेनन् र घर फर्कदा उनको लास भेटिएको थियो। पोस्टमार्टमका लागि उनको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

चलचित्र ‘रानी’बाट सारुकले आफ्नो अभिनय करियरको सुरुवात गरेका थिए। ‘मेरी मामु’ र ‘इन्टु मिन्टु लण्डनमा’ काम गरेका उनी लामो समयपछि ‘ह्यासट्याग माया’ मार्फत् अभिनयमा पुनरागमन गरेका थिए । नम्रता श्रेष्ठसंग उनको जोडी चलचित्रमा बाधिएको छ। यो नै उनको अन्तिम चलचित्र हुन् पुगेको छ। चलचित्रको आधा सुटिङ्ग हुन् बाँकी रहेको बुझिएको छ । उनका बुबा सानु ताम्राकार पनि कलाकार हुन्।

प्रतिक्रिया दिनुहोस्