A vertical shot of the black cat in the dark darkness

‘तेल भिसा’ मा विपिन कार्की, निर्देशनमा फर्कदै शंकर


अभिनेता विपिन कार्कीको व्यस्तता निकै लोभलाग्दो रहेको छ। अझ खुट्टाको स्टिल निकालेर केहि समयको बेड रेस्टले उनको सेड्युललाई झन् व्यस्त बनाउने पक्का रहेको छ। पशुपति प्रसाद २: भस्मे डन र भगवत गीता उनका २ रिलिजका लागी तयार चलचित्र हुन्। केहि चलचित्र उनको सुटिङ्गमा जान तयार भएर बसेका छन्।

‘ऊनको स्विटर’, ‘चलचित्र’ लगायतका केहि चलचित्रको उनको पाईपलाइनमा रहेका छन् । यहिबीचमा विपिनले नयाँ चलचित्र साइन गरेका छन्। शंकर घिमिरेको निर्देशनमा तयार हुने चलचित्र ‘तेल भिसा’ मा विपिन मुख्य भूमिकामा अनुबन्धित भएका हुन्। शंकर ‘ब्रेकफेल बनाएपछि १२ बर्षपछी निर्देशनमा फर्किएका हुन्। आफ्ना सन्तानलाई स्याहार-सुसार गर्न आमा-बुबालाई छोराछोरीले विदेश बोलाउने प्रचलन नेपालमा रहेको छ। यसरी विदेश जाने प्रचलनलाई व्यंग्यात्मक रुपमा तेल भिसा भन्ने गरिन्छ ।

विपिन चलचित्रमा दोहोरो भूमिकामा देखिने चर्चा रहेको छ। आउँदो तिहारपछि नेपाल र अमेरिकामा चलचित्रको छायांकन हुनेछ । मङ्सिरमा विपिनको ‘ऊनको स्विटर’ पनि सुटिङ्गमा जाने तयारीमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्