‘एक भागवत र एक गीता’ सेन्सर पास, बिना काँटछाँट युनिभर्सल सर्टिफिकेट


भदौ २९ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘एक भागवत र एक गीता’ (सामाजिक कथा) को सेन्सर पास भएको छ । केन्द्रीय जाँच पास समिति (सेन्सर बोर्ड)ले मंगलबार चलचित्रलाई बिना काँटछाँट युनिभर्सल सर्टिफिकेट प्रदान गरेको हो । बिभिन्न घर्मिक संगठनले चलचित्रको नामलाई लिएर चलचित्र विकास बोर्डमा निवेदन दिएपछि बोर्डले सेन्सर सिफारिस दिएको थिएन । बोर्डमा केहि दिनको रस्साकस्सीपछि निर्माण टिम चलचित्रको नाम फेर्न तयार भएको थियो।

सेन्सर बोर्डले चलचित्रमा समावेश कुनै दृश्य र संवादमा कैंची नचलाएको निर्माता सुनिल कुमार थापाले बताए । ‘चलचित्रमार्फत तपाईले तराईदेखि पहाड सम्मलाई जोड्नु भएको छ । संस्कृति जोगाउनु भएको छ । मौलिकता पेश गर्नु भएको छ भनेर बधाई दिनुभयो,’ उनले भने ।

निर्देशक झरना थापाले शिर्षक विवादले सेन्सरमा केही ढिलाई भएपनि सेन्सर पास भएर दर्शकमाझ चलचित्र ल्याउन पाउँदा निकै खुशी लागेको बताइन्।

बिपिन कार्की, सुहाना थापा र धिरज मगरको मुख्य भूमिकामा रहेको चलचित्रमा अभिनेता कार्कीको ट्रान्सउमन कमलामाइ पात्रले दर्शकको ध्यान खिचेको छ ।

प्रतिक्रिया दिनुहोस्