१० करोड लगानीमा दिपक-दिपाको हल, निर्माताले पाउनेछन् ५० प्रतिशत शेयर


चलचित्र निर्माणमा सफल जोडी हो, दिपकराज गिरि र दिपाश्री निरौला । यो जोडी र टिमले बनाएका हरेक चलचित्र सुपरहिट बनेका छन्। यो जोडीको साथमा कलाकार निर्मल शर्माले संचालनमा ल्याएको नयाँ हल ‘आइएनआई सिनेमाज्’को औपचारिक सुरुवात भएको छ।

काठमाडौंको नयाँ बाँनेश्वरमा अवस्थित हलको नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र कलाकार हरिवंश आचार्यले रिवन काटेर उद्घाटन गरे । २१० र १७७ सिट क्षमताका दुई पर्दा हलमा रहेका छन्। चलचित्र हलमा रिलिज पश्चात हल र निर्माताले रिलिजको पहिलो साता ५०, दोश्रो साता ४५, तेश्रो साता ४० र त्यसपछि ३५ प्रतिशत शेयर पाउँदै आएका छन् । तर बानेश्वरमा संचालनमा आएको यो हलबाट जति हप्ता चलचित्र चले पनि निर्माताले ५० प्रतिशतको नै शेयर पाउनेछन्। यो अर्को एउटा सुखद सुरुवात हो। हल संचालक दिपकराज गिरिले उद्घाटन कार्यक्रममा निर्मातालाई ५० प्रतिशत शेयर दिने घोषणा गरेका हुन्। करिब १० करोड बजेटमा तयार पारिएको हलमा अत्याधुनिक प्रविधि जडान गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्