दयाहाङ राईको ‘गाउँ आएको बाटो’ जेठमा रिलिज तयारी


बाबु-छोराको सम्बन्धको कथा बोलेको चलचित्र ‘गाउँ आएको बाटो’ को प्रदर्शन मिति घोषणा गरिएको छ। शुक्रबार एक पोष्टर सार्वजनिक गर्दै नबीन सुब्बाको कमव्याक निर्देशकीय चलचित्रको जेठ १८ गतेलाई रिलिज मिति तय घोषणा गरिएको हो। सार्वजनिक पोस्टरमा अभिनेता दयाहाङ राई र बाल कलाकार प्रशान राई फिचरिङ छन् । भोजपुरको ग्रामिण क्षेत्रमा छायांकन भएको चलचित्रमा पशुपति राई, खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा लगायतको अभिनय रहेको छ ।

भोजपुरको गाउँमा सडक र गाडी पुगेपछिको एउटा परिवारको कथामा आधारित भएर निर्माण भएको चलचित्रलाई अमेरिकी छायाँकार मार्किन कापरोनले खिचेका छन्। अमोद राई र निर्देशक सुब्बाको लगानी रहेको चलचित्रमा मेष राई र निर्देशक सुब्बाको स्क्रिप्ट लेखन रहेको छ। टोरोन्टो इन्टरनेशनल फिल्म फेस्टिभल, बुसन इन्टरनेशनल फिल्म फेस्टिभल आदिमा प्रदर्शन भैसकेको चलचित्र प्रतिक्षित रहेको छ।

प्रतिक्रिया दिनुहोस्