समीर र विन्दुको ‘चट्ट राम्रो’ मा चक्र बम र कुसुम शर्मा


समीर आचार्य र विन्दु पौडेको आवाजमा ‘चट्ट राम्रो’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । अष्ट्रेलियालाई आफ्नो कर्मथलो बनाएका समीर र विन्दुका थुप्रै गीतहरू सार्वजनिक भइसकेका छन् । विन्दुको यसअघि आई लव यु भन्दिउँला प्यारा र जता जता मायाको पाइलो बोलका गीतहरू सार्वजनिक भइसकेका छन् ।


समीरले पछिल्ला केही समयमा सांगीतिक क्षेत्रमा आफ्नो बलियो उपस्थिति जनाउदै आएका गायक हुन् । उनले ‘दुनियाँ बेग्लै छ’, ‘हैन भन्देऊ न माया’, ‘पिच रोड’, ‘लभ लेटर’ ‘घाममा सुकाइदेऊ’ झम्के माया जस्ता दर्जनौँ हिट गीत गाएर विदेशबाटै नेपाली सांगीतिक दुनियाँमा परिचय बनाइसकेका छन् ।

सार्वजनिक चट्ट राम्रो गीतमा शब्द संगीत र म्युजिक एरेन्जमेन्ट गायक आचार्यकै रहेको छ । यस गीतको भिडियोमा चक्र बम र कुसुम शर्मा फिचर्ड रहेका छन्। भिडियोमा गम्भीर बिष्टको निर्देशन र कोरियोग्राफी रहेको छ।

प्रतिक्रिया दिनुहोस्