१० दिने महोत्सव यात्रापछि ‘पुजार सार्की’ वर्कसपमा जोडिए पल शाह


अभिनेता पल शाह सधै चर्चामा रहेको नाम हो। १ बर्षको जेल जीवन पछि पलले आफ्नो कर्मलाई निरन्तरता दिईरहेका छन्। लगातार चलचित्र साईन गरेका पलले पहिलो कमब्याक चलचित्रको सुटिङ्ग सम्पन्न गरिसकेका छन्। दोश्रो चलचित्रको रुपमा उनी ‘पुजार सार्की’ मा अभिनय गर्दैचहन। दिनेश राउतको निर्देशनमा चलचित्रमा पलको साथमा आर्यन सिग्देल र प्रदिप खड्काको अभिनय रहेको छ।

तीनै स्टार कलाकारको उपस्थितिले नै चलचित्रको चर्चा उचाईमा रहेको छ। चलचित्रको वर्कसप चलिरहेको छ। आर्यन र प्रदिप निरन्तर वर्कसपमा रहेका छन् भने पलले यो बीचमा १० दिन महोत्सवमा आफ्नो प्रस्तुती दिईसकेका छन्। पलको चलचित्रमा आर्यन र प्रदिपको भन्दा स्क्रिन स्पेस केहि कम रहेको बुझिएको छ। तर चलचित्रमा हलचल ल्याउने पात्रमा उनी रहेका छन्। भूमिका लामो वा छोटोले फरक पर्दैन भन्ने उदाहरण धेरै रहेका छन्।

सोहि कारण पनि यो चलचित्र उनको लागि महत्वपूर्ण रहेको छ। केहि दिनको वर्कसपमा सहभागी भएर उनले करिब १० दिनको पश्चिम,मध्य पश्चिम तथा सुदुर पश्चिम यात्रामा धेरै महोत्सवमा सहभागी भए। महोत्सवको प्रस्तुतीपछि पल पुन चलचित्रको वर्कसपमा जोडिएका छन्। महोत्सवमा जुन प्रकारको क्रेज पलको देखिएको थियो त्यो लोभलाग्दो थियो। चलचित्र रिलिजको समयमा यसले ठुलो प्रभाव पार्नेछ। विकास सुवेदीको लेखन रहेको चलचित्रमा अञ्जना बराईली र परिक्षा लिम्बू अभिनेत्रीको रुपमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्