‘रुमानी’ मा साम्राज्ञी, आर्यनसंग जोडी पक्का


अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह नयाँ चलचित्रमा अनुबन्धित भएकी छिन्। सधै चर्चामा रहने शाहका अघिल्लो बर्ष तीन चलचित्र लगातार फ्लप भएपछि उनले नयाँ चलचित्र सम्झौता गरेकी थिइनन्। यो बर्ष उनि अभिनित चलचित्र ‘नाङ्गो गाउँ’ रिलिज भएको थियो। चलचित्र हिट भएपनि यसले साम्राज्ञीको करियरमा क्रेडिट भरेको थिएन। लामो समय नयाँ चलचित्र सम्झौता नगरेकी शाहले ‘रुमानी’ मा काम गर्ने पक्का भएको छ।

यो चलचित्रमा उनको जोडी आर्यन अधिकारीसंग बाँधिएको छ। आर्यनको करियर पनि सोचेजस्तो अगाडी बढ्न सकेको छैन। रोमान्टिक चलचित्रलाई अनिल योञ्जनले निर्देशन गर्दैछन्। जीएम ठकुरीको प्रस्तुतिमा तयार हुन लागेको चलचित्र ग्लोबल मिडिया रिसर्च सेन्टर प्रालिको ब्यानरमा निर्माण हुदैछ। चलचित्रको निर्माणमा आविष्कार बहुसन्चार प्रा.लिले सहकार्य गरेको छ । हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको चलचित्रमा सुशील थापा, श्रृजना बस्नेत, सन्तोष सरु र विजय अधिकारी सह–निर्माताको रुपमा छन् ।

प्रतिक्रिया दिनुहोस्