A vertical shot of the black cat in the dark darkness

प्रदिपको विश्वासमा हरिवंशले रोजेको ‘महाजात्रा’ यात्रा


प्रदिप भट्टराई नेपाली चलचित्र क्षेत्रका हिट मेसिन बनिसकेका छन्। उनले निर्देशन गरेका हरेक चलचित्र हिट बनेका छन्। मह संचारमा झन्डै डेढ दशक काम गरेर चलचित्र निर्देशनमा होमिएका प्रदिपले जात्रा, शत्रु गते, जात्रै जात्रा र महापुरुष निर्देशन गरिसकेका छन्। उनको नयाँ चलचित्र ‘महाजात्रा’ चैत्र ९ गतेबाट रिलिज हुँदैछ। प्रदिप हरिवंश आचार्य र मह जोडीलाई आफ्नो गुरु मान्ने गर्दछन्। सोहि कारण पनि होला उनको प्रोजेक्टमा कहिँ कतै मह जोडी साथ् दिन उपस्थित भएको हुन्छ। उनले महापुरुषमा हरिवंशलाई एक आदर्श पुरुषको रुपमा प्रस्तुत गरे। शत्रु गतेमा मह जोडीलाई लिएर मह संचारकै लागी भट्टराईले निर्माण गरे। महाजात्रा’ मा अभिनेता आचार्य राजनीतिज्ञको भूमिकामा देखिदैछन् । स्वच्छ र सरल छवी निर्माण गरेका अभिनेता आचार्यले यसपटक भ्रष्ट राजनीतिज्ञको कार्यशैलीलाई आफ्नो पत्र मार्फत चित्रण गरेका छन्।

यहि बिषयमा हरिवंश आचार्य संग गरिएको कुराकानी प्रस्तुत गरिएको छ।

तपाइँलाई राजनीतिज्ञको नकारात्मक भूमिका निर्वाह गर्न के कुराले आकर्षित गर्यो ?
म आफूले निर्वाह गरेको भूमिकामा भन्दा फरक गरौँ भन्ने सोच राखेर काम गर्छु । सोही कारण पनि नयाँ र फरक भूमिकामा मेरो प्राथमिकतामा पर्छ । नकारात्मक भूमिकाले पर्दामार्फत सकारात्मक संदेश पनि प्रवाह गर्छ । यस्तो कार्य वा गतिविधि गर्न हुँदैन भन्ने यसले मनोरञ्जनात्मक शैलीमा ज्ञान समेत दिन्छ । यही कारण पनि म यस भूमिकालाई निर्वाह गर्न सहमत भएको हुँ ।

प्रदीप भट्टराईले निर्देशन गर्नु भएकै कारण विश्वास बढेको हो ?
एउटा कारण प्रदीप पनि हुन् । उनले हामीसँग मह सञ्चारमा लामो समय मुख्य सहायक निर्देशक र निर्देशक भएर काम गरे । उनीसँग दुई चलचित्रमा पनि काम गरिसकेको हुँदा म उनको काम प्रति ढुक्क छु । मलाई उनले पात्रको बारेमा सुनाएपछि मैले सहमति दिएँ । किनकि उनले कस्तो काम गर्छन् भन्ने मलाई दुई दर्शकदेखि थाहाँ छ । मैले चलचित्र गर्छु भन्दा पूर्णरुपमा स्क्रीप्ट पनि पढेको थिइन् । किनकि उसका कथाले समाजलाई मनोरञ्जनसँगै संदेश दिईरहेका हुन्छन् । साथै, प्रदीपले चलचित्रको प्रस्ताव गर्दा नाई भन्ने सायदै होलान् जस्तो पनि लाग्छ ।

महापुरुष’ पछि दर्शकको अपेक्षा तपाइँ प्रति बढेको छ, त्यसलाई यसले पुरा गर्छ ?
अवश्य गर्छ । किनकि चलचित्रको सम्पूर्ण कुरा जोडिएको पात्र म नै हुँ । मेरो नकारात्मक भूमिका दर्शकलाई नयाँ पनि हुनेछ । चलचित्रमा महाजात्रा नै मेरो कारणले हुन्छ । मलाई प्रस्ताव गर्दा नै महाजात्रा गराउनु तपाइँ चाहिन्छ भन्नुभएको थियो । भूमिका त्यहि अनुरुप छ ।

तपाइँले बुझ्नु भएको महाजात्रा’ के हो ?
जात्राकै शृब्खला हो । यो रमाइलो छ । यसमा बेरोजगार युवाको समस्या, रोजीरोटीका लागि गरिने संघर्ष, देशमा केही गरौँ भन्ने युवाको दैनिकी, राजनीतिज्ञले युवालाई दिलाउन नसकेको विश्वास लगायतका पक्ष छन् । उल्लेखित कुराहरू सिरियस छन्, जसलाई मनोरञ्जनात्मक प्रस्तुतीमार्फत पर्दामा ल्याईएको छ । बेरोजगार युवाहरूले सर्टकट खोज्दा भोग्ने प्रतिस्थिति पनि छ । यो गम्भीर विषयको रमाइलो प्रस्तुती हो ।

प्रतिक्रिया दिनुहोस्