A vertical shot of the black cat in the dark darkness

‘कलाकारले साथ नदिदा कुन निर्देशक र निर्माण टिमको चित्त नदुख्ला र’- सुर्य बोहोरा


चलचित्र ‘हेल्लो जिन्दगी’ रिलिजको तयारीमा रहंदा निर्माण टिम र कलाकारको असन्तुष्टि सतहमा आएको छ। निर्देशक सुर्य बोहोराले पत्रकार सम्मेलनमा नै कलाकारले प्रमोसनमा साथ नदिएको भन्दै आक्रोशित बने। उनले बिशेषत दुई अभिनेत्री प्रियंका कार्की र दिपिका प्रसाईको नाम नै तोकेर सवै सेवा सुविधा लिएर पनि प्रमोशनमा साथ नदिएको भन्दा आक्रोशित बने। यहि बिषयमा हामीले दुई अभिनेत्रीसंग कुरा गरेर समाचार तयार परिसकेका छौ। अभिनेत्री प्रियंकाले आफुले पुरा पारिश्रमिक समेत नपाएको प्रतिक्रिया दिईन् भने दिपिकाले निर्माण टिम प्रतिको असन्तुष्टि पोखिन् ।

यहि बिषयमा हामीले निर्देशक सुर्य बोहोरासंग कुराकानी गरेका छौ। उनले आफुले कलाकार बिशेषलाई तोकेर भन्दा पनि नेपाली चलचित्र क्षेत्रको समग्र प्रवृतिको बारेमा बोल्न खोजेको बताए। उनि भन्छन्, ‘कलाकारले साथ नदिदा कुन निर्देशक र निर्माण टिमको चित्त नदुख्ला र? निर्देशकले हरेक चलचित्रका सदस्यलाई आफ्नो परिवारको रुपमा व्यवहार गरेको हुन्छ। कुनै कलाकारलाई चित्त नदुखाउने मेरो प्रयत्न सधै रहन्छ । जहाँ सम्म लन्डनको सुटिङ्ग र दिपिका जीको कुरा रहेको छ, म त्यो सुटिङ्गमा उपस्थित हुन सकिन। दिपिका जीले यो बारेमा मलाई असन्तुष्टि समेत पोख्नु भएको थियो। मैले दिपिका जी प्रति भएको असुविधा प्रति माफी समेत मागिसकेको छु।’

प्रियंका कार्कीको बारेमा सुर्य भन्छन्, ‘ हो उहाको भागमा रहेको एउटा गीतको सुटिङ्ग हुनसकेन । उहा प्रेग्नेट भएको कारण र बच्चा भएको कारण यो गीतको सुटिङ्ग हुनसकेन । उक्त गीतमा राजेश पायल राई र मेलिना राईको आवाज रहेको थियो। त्यो गीत चलचित्रमा समेत समावेश गरिएको छैन। जहाँसम्म पेमेन्टको कुरा भयो मैले प्रियंकालाई पुरा पारिश्रमिक दिएको छु।’

उनि अगाडी थप्छन्, ‘कलाकारको कुनै चित्त दुखाई भए अगाडी आएर छलपल गर्दा हुन्छ । तर चलचित्रलाई नै साथ नदिने हुन्न। एक कलाकारले गर्दा मात्र चलचित्र चल्ने अथवा नचल्ने हैन तर चलचित्र त सवैको हो नि।’

प्रतिक्रिया दिनुहोस्