हरिहरको जन्मदिनमा ‘ह्रस्व दीर्घ’ नयाँ पोस्टर, असोजमा रिलिज


हरिहर अधिकारी र निता ढुंगानाको ड्रिम प्रोजेक्ट ‘ह्रस्व दीर्घ’ को नयाँ पोष्टर सार्वजनिक भएको छ। अभिनेता हरिहर अधिकारीको जन्मदिनको अवसर पारेर चलचित्रमा उनको लुक्स सार्वजनिक भएको हो। दुई फरक गेटअपमा हरिहर देखिएका छन् । एक लुक्समा उनि पण्डितको गेटअपमा देखिएका छन् भने अर्कोमा उनि लामो कापम पालेका छन् ।

असोज ११ गतेबाट रिलिज हुने चलचित्रमा नेपालीको सथा भारतीय स्टार कलाकारको अभिनय रहेको छ । चन्द्र पन्तको निर्देशन रहेको चलचित्रको तेस्रो चरणको छायांकन बाँकी छ । बाँकी छायांकन मुम्बईमा गर्ने तयारी गरिएको छ । कविरलालको छायांकन, हरिहर अधिकारीको कथा रहेको चलचित्रमा नायिका नीता ढुंगाना निर्मात्रीको रुपमा रहेकी छिन्।

प्रतिक्रिया दिनुहोस्