सन्दिपको बिषयमा रचना, ‘दोषी भए कानुन अनुसार सजायँ देउ । निर्दोष भए विश्वकप खेल्न देउ ।’


नेपाल दोश्रोपटक ‘टी २० विश्वकप’ मा भाग लिदैछ। नेपाललाई ‘टी २० विश्वकप’ मा पुर्याउन स्टार स्पिनर सन्दिप लामिछानेले महत्वपूर्ण भूमिका खेलेका थिए। तर सन्दिप नेपाली क्रिकेट मैदान बाट बाहिर भएको लामो समय भयो। बलात्कारको मुद्धामा जिल्ला अदालतले ८ बर्षको सजाय सुनाएपछि उनि यतिबेला पुनरावेदन अदालतमा न्यायको लागी धाईरहेका छन्। तर उनको पेस्कीको मिति पटक पटक पटक सरिरहेको छ। प्रारम्भिक टोलि घोषणा गरिसकेको नेपालको टोलिमा सन्दिप अटाएका छैनन् । उनको मुद्धा किनारा नलागेसम्म क्यानले राष्ट्रिय टोलीमा उनलाई समावेश गर्ने छैन ।

सन्दिपको अदालती मिति पटक पटक सर्दा सामजिक संजालमा चर्को बहस हुनेगरेको छ। यहि बीचमा गायिका रचना रिमालले सन्दिप लामिछानेलाई कि सजाय दिन कि त विश्वकप खेल्न दिन आग्रह गरेकी छिन् । रचना रिमालले सामाजिक संजालमा लेखेकी छिन्–‘दोषी भए कानुन अनुसार सजायँ देउ । निर्दोष भए विश्वकप खेल्न देउ ।’

पटक पटक मुद्धा किनारा नलाग्दा सन्दिप आफ्नो करियरमा अगाडी बढ्न सकेका छैनन् भने पिडित भनिएकी युवती पनि न्याय पाएको आभ्षा गर्न सकेकी छैनन् । दुवै पक्ष्यलाई अन्यायमा राखेर अदालतले राम्रो नगरेको बहस यतिबेला चर्को रुपमा चल्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्