हिल र वन पिसमा आंचल शर्माको एक्सन


मिलन चाम्सको निर्देशनमा तयार भैरहेको चलचित्र ‘बर एण्ड बधु’ को अन्तिम चरणको सुटिङ्ग यतिबेला धमाधम भैरहेको छ । अन्तिम चरणको सुटिङ्गमा कलाकारको प्रवेश समेत भैरहेको छ । कुसुम शर्मा, गरिमा शर्माले पनि यो चलचित्रमा अभिनय गरिरहेका छन्। आंचल शर्मा र विवेक कर्माचार्य मुख्य भूमिकामा रहेको चलचित्रको एक्सन सिनको सुटिङ्ग भैरहेको छ। अभिनेत्री आंचल शर्माले एक्सनका दृश्यहरु दिईरहेकी छिन्।

५ इन्च अग्लो हिल जुत्ता र वान पिसमा उनले सुटमा रहेका गुण्डासंग एक्सन गरिरहेकी छिन् । आंचल लामो समयबाट एक्सन सिकिरहेकी थिइन् । यो चलचित्रमा उनको सिकाई प्रयोग भएको छ । द्वन्द्व निर्देशक हिमाल केसीले एक्सनका दृश्यहरु निर्देशन गरिरहेका छन्।

किरण केसी, हिमेश पन्त, सृष्टि खड्का लगायतको अभिनय चलचित्रमा रहेको छ । एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको पहिलो चरणको सुटिङ्ग रोमानियामा भएको थियो। झन्डै डेढ बर्ष सुटिङ्ग रोकिएपछि सुरुवात भएको चलचित्र झन्डै एक साता अझै खिचिनेछ।

प्रतिक्रिया दिनुहोस्