राष्ट्रिय चलचित्र पुरस्कार: दिपक र सुरक्षा उत्कृष्ट


राष्ट्रिय चलचित्र पुरस्कारमा चलचित्र ‘आमा’ उत्कृष्ट चलचित्रको रुपमा घोषित भएको छ । आइतबार शितल निवासमा आयोजित एक कार्यक्रमका बीच बर्ष २०७६/०७७ का १० विधामा विजयीलाई राष्ट्रपति विद्या देवी भण्डारीको हातबाट पुरस्कार प्रदान गरिएको हो। आमा चलचित्रबाट दिपेन्द्र के खनाल उत्कृष्ट निर्देशक भए भने अभिनेत्रीको अवार्ड सही चलचित्रबाट सुरक्षा पन्तले जितिन् । उत्कृष्ट अभिनेताको अवार्ड भने ‘छ माया छपक्कै’ बाट दिपकराज गिरीले हात पारे। ‘जात्रै जात्रा’ चलचित्रबाट प्रदिप भट्टराईले पटकथा लेखनमा अवार्ड उचाले।

उत्कृष्ट छायांकन विधामा ‘छ माया छपक्कै’बाट हरि हुमागाईं र सम्पादन विधामा ‘कबड्डी कबड्डी कबड्डी’बाट निमेष श्रेष्ठ र सुरेन्द्र पौडेलले अवार्ड प्राप्त गरे । भोजबहादुर गुरुङ्ग निर्देशित चलचित्र ‘पचे गोरे’ ले आदिवासी जनजाती तर्फको अवार्ड जित्दा प्रोत्साहन पुरस्कार जुरीतर्फ ‘जीवन काँडा कि फूल’बाट अवस्था शर्मा र नवप्रवेशीतर्फ ‘रातो टीका निधारमा’ अभिनेता अंकित शर्माले अवार्ड हात पारे ।


२०७६ सालको बिशेष चलचित्र पुरस्कार चलचित्र आमा, गुरुङ्ग भाषाको मि न्होर्बै ट र नालापानीले अवार्ड जित्यो ।
२०७६-०७७ दिर्घ साधान सम्मानबाट नेपाली चलचित्रको पहिलो अभिनेत्री भुवन चन्द र बरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा सम्मानित भए। दुवैलाई नगद ३ लाख ५१ हजार सहित ताम्रपत्र साहित सम्मान गरिएको थियो।

यो संगै महानायक राजेश हमाल, गायक राजेशपायल राई, निर्देशक दिपाश्री निरौला लगायत दर्जन बढी कलाकारलाई सम्मन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्