A vertical shot of the black cat in the dark darkness

स्टारले भरिएको ‘ह्रस्व दीर्घ’ ट्रेलर कस्तो लाग्यो ?


कार्तिक ३० गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘ह्रस्व दीर्घ’ को ट्रेलर सार्वजनिक भएको छ। चन्द्र पन्तको निर्देशनमा तयार भएको चलचित्रमा नेपाली र दक्षिण भारतीय कलाकारको बाहुल्यता रहेको छ।

प्रेम, रोमान्स, एक्सन, विछोड र कमेडीको समिश्रण रहेको ट्रेलरले दर्शकको राम्रो साथ पाइरहेको छ। पुराना देखि नयाँ नेपाली कलाकारको मिश्रण रहेको चलचित्रको ट्रेलरको मेकिङ्ग क्वालिटी उच्च रहेको छ।


चलचित्रमा हरिहर अधिकारी, निता ढुंगाना, विपना थापा, सरोज खनाल, रेखा थापा, सञ्चिता लुइँटेल, प्रशान्त ताम्राकार, किरण केसी, रविन्द्र झा, आदर्श मिश्र लगायतका कलाकारको अभिनय रहेको छ। साउथ अभिनेता ब्रह्मानन्दम, सुनिल बर्मा, अली, कबीर दुहन सिंहको अभिनय चलचित्रमा रहेको छ। चलचित्रलाई बलिउड छायाँकार कवीरलालले खिचेका हुन् । नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको ‘ह्रस्व दीर्घ’को निर्मातामा निता ढुंगाना र कार्यकारी निर्मातामा धनन्जय गलानी छन् ।

प्रतिक्रिया दिनुहोस्