A vertical shot of the black cat in the dark darkness

‘ज्वाइँ साब’ निर्देशक बसन्तको ‘दशमी’ २०८२ को फूलपातीमा


चलचित्र ‘ज्वाइँ साब’ निर्देशक बसन्त निरौलाले नयाँ चलचित्रको घोषणा गरेका छन्। भक्तपुरको सूर्य विनायक गणेस्थान मन्दिरमा स्क्रिप्ट पूजा गर्दै चलचित्र ‘दशमी’ को घोषणा गरिएको हो ।

रेड आई फिल्मस् र रोमन फिल्मस्को प्रस्तुति रहने यो चलचित्रमा राजकुमार पण्डितको लगानी रहनेछ । चलचित्र ‘ज्वाइँ साब’ को निर्माण टिम नै चलचित्रमा देखिएको छ। विजय वस्याल चलचित्रको कार्यकारी निर्माताको रुपमा रहेका छन्। चलचित्रका कलाकार र छायांकनको बारेमा कुनै जानकारी दिईएको छैन । चलचित्रलाई आगामी बर्षको फूलपातीमा रिलिज घोषणा गरिएको छ। यो चलचित्रको प्रवेश संगै चलचित्रको फूलपाती रिलिज भिडन्त रोचक बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्