A vertical shot of the black cat in the dark darkness

बाढी प्रभावित काभ्रेमा ‘छक्का पन्जा ५’ को सहयोग


यो बर्षको दशैँमा रिलिज भएको चलचित्र ‘छक्का पन्जा ५’ टिमले काभ्रेमा सहयोग गरेको छ। बढी प्रभावित काभ्रेको दाप्चामा खानेपानी सुविधा पुनःस्थापनाको लागि चलचित्रको टीमले सहयोग गरेको छ।


चलचित्र निर्माता तथा कलाकार दीपकराज गिरी र कार्यकारी निर्माता निर्मल शर्माले धारा निर्माणको लागि आवश्यक सामाग्री हस्तान्तरण गरेका छन्। ‘छक्का पन्जा ५’को छायांकन दाप्चामा गरिएको थियो। बढीले उक्त क्षेत्रमा प्रभाव पारेपछि सहयोगको घोषणा चलचित्रको टिमले सोहि समयमा गरेको थियो। डेढ सय घरधुरीलाई खानेपानी सुविधा पुग्ने गरि धारा निर्माण गर्न लागिएको हो । दुई सातामा धारा बनिसक्ने र उद्घाटनका लागी चलचित्रको टीम त्यहा पुग्ने योजनामा रहेको छ।

प्रतिक्रिया दिनुहोस्