‘लाज शरणम्’, ‘मायावी’ र ‘फेरी रेशम फिलिली’ बुकिङ्ग खुल्यो, कसले कति पाए शो ?


भोलि महाशिवरात्रिको अवसर पारेर तीन नेपाली चलचित्र रिलिज हुँदैछन्। ‘लाज शरणम्’, ‘मायावी’ र ‘फेरी रेशम फिलिली’ ३ नेपाली चलचित्र एकसाथ रिलिज हुदैछन्। बुधबारबाट रिलिज हुने तयारीमा रहेका चलचित्रका लागी देशभरका सबै मल्टिप्लेक्सहरुले सोमबार बेलुकीबाट शोज खोलेका छन्। तीनवटै चलचित्रलाई मल्टिप्लेक्समा आकर्षक शोज दिएका छन्।


तीन चलचित्रमा सर्वाधिक शो चलचित्र ‘लाज शरणम्’ ले पाएको छ। यो चलचित्रले देशभरका मल्टिप्लेक्समा १५० सो पाएको छ। कुमार कट्टेल निर्देशित चलचित्रलाई सक्किगोनी टिमले निर्माण गरेको हो। यो चलचित्रमा सीताराम कट्टेल, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, मुकुन्द श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय छ । जेपिटी क्रिएशनको व्यानरमा निर्माण भएको चलचित्रका निर्माता नविन श्रेष्ठ हुन्। कलाकारको बलियो टोलि र सक्किगोनी टीमले निर्माण गरेको यो चलचित्रको अग्रिम बुकिङ्ग पनि राम्रो देखिएको छ। बेलुकीबाट नै केहि शोमा दर्शकको उपस्थिति अग्रिम बुकिङ्ग राम्रो रहेको छ।

निरोज महर्जनको निर्देशनमा तयार भएको चलचित्र ‘फेरी रेशम फिलिली’ चर्चित चलचित्र ‘रेशम फिलिली’ को सिक्वेल हो। यो चलचित्रलाई देशभरका मल्टिप्लेक्सले ११९ शो दिएको छ। चलचित्रमा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, निर शाह, मेक्सम गौडेल, शिशिर वाङ्ग्देल लगायतका कलाकारको अभिनय रहेको छ। रौनक विक्रम कँडेलले चलचित्रको निर्माण गरेका छन्। सिनेमा आर्ट र वि मोसन पिक्चर्स को सहकार्यमा निर्माण भएको चलचित्रको कार्यकारी निर्माता सुरज बम ठकुरी तथा सह-निर्मातामा एनि थापा रहेका छन्।

दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘मायावी’ ले देशभर ९५ शो पाएको छ। लभ स्टोरी चलचित्रमा पल शाह, दीपिका प्रसाँई, प्रशान्त ताम्राकार, सुशील सिटौला, राजाराम पौडेल, करिश्मा श्रेष्ठ, नव–नायक समीम खान लगायतको अभिनय छ । यो चलचित्रलाई ध्रुव न्यौपाने, चन्द्र पन्त र राज कटुवालले मिलेर निर्माण गरेका छन्।

तीन चलचित्र नै फरक जनरा र आ-आफ्नो स्थानमा सफल कलाकारको उपस्थितिले बनेका छन्। यो शिवरात्रीमा दर्शकले आफ्नो स्वाद अनुसारको चलचित्र हेर्न पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्