दया र विजयको ‘वरिष्ठ बलराम’ लक्ष्मी पूजामा रिलिज तयारी


सुरेन्द्र पौडेलको निर्देशनमा तयार हुने चलचित्र ‘वरिष्ठ बलराम’ ले रिलिज डेट घोषणा गरेको छ । बुधबार साँझ टाइटल टिजर सार्वजनिक गर्दै निर्माण टिमले तिहारको लक्ष्मीपूजाको दिन चलचित्र रिलिज गर्ने घोषणा गरेको हो। कार्तिक ३ गतेबाट रिलिज घोषणा गरिएको चलचित्रमा दयाहाङ राई, विजय बराल, पशुपति राई, समृद्धि अर्याल, माओत्से गुरुङ लगायतका कलाकारको अभिनय रहनेछ ।

सुरेन्द्र नेपाली चलचित्र क्षेत्रका कुशल सम्पादक हुन्। उनको यो चौथो निर्देशकीय चलचित्र हो । निर्देशक पौडेलकै कथा र सम्पादन रहने चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन् । एक सातापछि बाट छायांकन सुरु गर्ने तयारी गरिएको चलचित्र सामाजिक कथावस्तुमा आधारित रहनेछ।

तराईका विभिन्न स्थानमा छायांकन गरिने चलचित्रको निर्मातामा आशिस एच तामाङ र श्रीराज कार्की रहेका छन्। वृषभसिद्धी इन्टरटेनमेन्टको ब्यानरमा चलचित्र निर्माण हुनेछ।

प्रतिक्रिया दिनुहोस्