एन्जिलाको संघर्ष र सफलताको कथामा ‘अञ्जिला’ ट्रेलर
नेपाल महिला फुटबल टिमकी कप्तान तथा पहिलो रोजाइकी गोलकिपर एन्जिला तुम्वाफे सुब्बाको जीवनमा आधारित चलचित्र ‘अञ्जिला’ को ट्रेलर सार्वजनिक भएको छ । फुटबल खेल्न एन्जिलाले गरेको सङ्घर्ष , पारिवारिक जीवनको उतारचढाव र सफलतालाई ट्रेलरमा मर्मस्पर्शी ढंगले प्रस्तुत गरिएको छ ।

मिलन चाम्स निर्देशित चलचित्रले विदेशका विभिन्न स्थानमा गरिएको प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको थियो । होलिको अवसर पारेर नेपालमा चलचित्र फागुन २९ गतेबाट रिलिज हुँदैछ । चलचित्रमा एन्जिला स्वयं प्रमुख भूमिकामा रहेकी छिन् । उनको साथमा चलचित्रमा दयाहाङ राई , माओत्से गुरुङ्ग , विजय बराल , सृजना सुब्बा , सुनिल थापा , बुद्धि तामाङ्ग लगायतका कलाकारको अभिनय रहेको छ ।
प्रेम कुमार श्रेष्ठको लगानी रहेको चलचित्रमा तुवेन्द्र सुब्बा , विनोद अग्रवाल र राजेश बाग्दिया सह – निर्माताको रुपमा रहेका छन् ।