राजेश भन्छन्,’ टुरले फुर्सद छैन बिहेको तयारी कसरी गरौ?’


गायक राजेशपायल राई र विवाह दुई पर्यायवाची शब्द नै बनिसके। हरेक अन्तर्वातामा राजेशले बिहेको प्रश्न सामना गरिरहेका नै हुन्छन्। उसो र नेपालका चर्चित सेलिब्रेटीसंग उनको नाम नजोडिएको पनि हैन। रेखा थापा देखि केकी अधिकारीसम्म उनको नाम जोडियो। तर जतिसंग पनि नाम जोडियो ती सवैले विवाह गरिसकेका छन् । भर्खरै बेल्जियमको टुर सकेर आएका राजेशको विवाहको खबर फेरी बाहिरिएको छ। सङबुङ राईसंगको प्रेम , लिभिङ्ग टुगेदर सम्मको खबर बाहिरिएको छ। नेपाल आएलगतै रेकर्डीङ्गमा व्यस्त रहेका राजेशले यी सवै हल्लाहरु मात्र भएको बताए।


हामीसंगको कुराकानीमा राजेश भन्छन्, ‘ म भखरै मात्र बेल्जियमको टुर सकेर आए । राम्रोसंग आराम गर्न नपाई रेकर्डिङमा व्यस्त छु। लगतै २ दिनपछि म सिक्किम जादैछु । तपाई आफै भन्नुहोस् यो बीचमा बिहेको तयारी कसरि गर्छु होला म।’

उनि अगाडी थप्छन् , ‘सवैलाई मेरो बिहेको चासो छ। यसलाई मैले उहाहरुको प्रेमको रुपमा लिएको छु। मेरो धेरै जनासँग नाम जोडियो। ती सवै सेलिब्रेटी थिए। तर जोसंग नाम जोड्नु भयो उनी एक सामान्य पारिवारकि युवति हुन्। भोली मेरो उनीसंग विवाह भएन भने जवाफदेहिता कसले लिन्छ।

केहि भावुक र आक्रोशित हुदै राजेश थप्छन् ‘मैले यतिका बर्षसम्म यो क्षेत्रमा योगदान दिएको सहि कदर यस्तै खबरले गर्ला। ‘

प्रतिक्रिया दिनुहोस्