विराज, दिव्यासंगै ‘राम नाम सत्य’ मा सुनिल थापा
माइकल चन्दको निर्देशनमा तयार हुन् लागेको चलचित्र ‘राम नाम सत्य’ का कलाकारको लाइनअप रोचक बन्दै गएको छ। प्रि- प्रोडक्सनको काम चलिरहेको चलचित्रमा विराज भट्ट, सुशिल श्रेष्ठ, दिब्या रायमाझी र सुपुष्पा भट्टले काम गर्ने तय भैसकेको छ। अव यो चलचित्र सुनिल थापा ‘रातेकाइँला’ अनुबन्धित भएका छन् ।

निर्देशक चन्दले भने, ‘सुनिल दाइलाई दर्शकले यसअघि यस्तो अवतारमा देख्नु भएको थिएन । हामी, उहाँलाई विल्कुलै फरक अवतारमा देखाउँदैछौ । जुन अवतारले दर्शकलाई पनि सरप्राइज दिन्छ ।’
चलचित्रलाई लभस्टोरी, एक्सन, रोमान्स, सस्पेन्स शैलीमा बनाउने तयारी छ । अभिनेता सुशिल ‘परिवर्तन’ को सेटबाट फर्किएसँगै वर्कसप सुरु हुने निर्देशक चन्दले बताए ।
माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा बन्ने चलचित्रमा उपेन्द्र शाही, श्वेता विमली, उत्तम गुरुङको लगानी हुनेछ । डीआर उपाध्याय, टी आर गौडेल र नरेन्द्र शाह कार्यकारी निर्माता हुन् ।