‘यो मन त मेरो नेपाली हो’ को ट्रेलर: विजय, विल्सन देखि बुद्धिसम्मको अभिनय


असार २७ गतेबाट रिलिज हुने चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को ट्रेलर सार्वजनिक गरिएको छ । नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्वलाई देखाउने चलचित्र मित्र प्रधानको निर्देशनमा तयार भएको छ। चलचित्रको ट्रेलरमा नेपाली भाषा र संस्कृति जोगाउनका लागि नेपालीहरूले गरेको संघर्षको कथालाई देखाइएको छ ।


निर्देशक मित्र प्रधानले नयाँ पुस्तालाई नेपाली भाषा, संस्कार र संस्कृतिबारे ज्ञान दिने र यसको संरक्षणको लागि गर्ने संघर्षको कथावस्तुलाई देखाएको बताए । यस्तै, चलचित्रका निर्माता तथा कलाकार रोशन श्रेष्ठले पनि हरेक नेपालीले एक पटक हेर्नैपर्ने चलचित्र बनेको बताए ।

चलचित्रमा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, वुद्दि तामाङ, आयुषा समाल, नारायण खाती, भूपेन्द्र लिङ्देन, सुवास भण्डारी लगायतका कलाकारहरूको अभिनय छ ।

पद्यमा ईश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको चलचित्रमा ज्ञान बहादुर प्रधानको लगानी छ । शिवम् अधिकारीको लेखन रहेको चलचित्रमा सौरभ लामाको छायांकन, देव महर्जनको एक्सन, समीर मियाको भीएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्