नीताको ‘सुख दुःख’ मा मिथिला शर्मा अनुबन्ध


चलचित्र निर्देशनको तयारीमा रहेकी निर्मात्री तथा अभिनेत्री नीता ढुंगानाले कलाकार अनुबन्धको प्रक्रिया सुरु गरेकी छिन्। ‘सुख दुःख’ निर्देशन तयारीमा रहेकी नीतिले मिथिला शर्मालाई चलचित्रमा अनुबन्ध गरेकी हुन्। आइतबार निर्माण पक्ष र अभिनेत्री शर्माबीच कागजी सम्झौता भएको हो।

अभिनेत्री शर्मालाई अनुबन्ध गर्दै नीताले भनिन्,‘ चलचित्र सुख दुःखमा मिथिला शर्मालाई सहभागी गराउन पाउँदा धेरै नै उत्साहित छौ । सायद हजुरबिना यो चलचित्र अपुरो हुन्थ्यो। अब पूर्ण हुने बाटोमा जाँदैछ।’ यसअघि यो चलचित्रका लागि चर्चित भारतीय छायाँकार कवीरलाल र शाहिदलाल डिओपीका लागि अनुबन्ध भएका थिए।

उनीहरु बाहेक चलचित्रको मुख्य कलाकार को रहने हुन् निर्माण पक्षले खुलाएको छैन। नीताले मुख्य कलाकारको बारेमा केहि सातापछि जानकारी दिने बताइन्। ‘नीता फिल्म्स’ को ब्यानरमा बन्न लागेको यो चलचित्र आगामी वर्ष दसैंको फूलपातीका अवसरमा प्रदर्शनमा ल्याउने योजना निर्माण पक्षको छ।

प्रतिक्रिया दिनुहोस्