‘जनै हराएको मान्छे’ बाट आशावादी मिरुना मगर
पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा लगातार सफल चलचित्र दिने अभिनेत्रीमा पार्छिन्, मिरुना मगर । एकपछि अर्को चलचित्रमा सफलता हासिल गरिरहेकी मिरुनाको यो बर्ष पनि सुखद सुरुवात भैसकेको छ । ‘ऊनको स्विटर’ ले बक्स अफिसमा सफलता हासिल गर्यो। बर्षको सुखद सुरुवात गरेकी मिरुनाको करियरमा ‘कबड्डी–४ फाइनल म्याच’, ‘जारी’ ,’नाङ्गो गाउँ’ , ‘घरज्वाइँ’ जस्ता हिट चलचित्र रहेका छन्। सफलताको शिखरमा रहेकी मिरुनाको नयाँ चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ रिलिज हुँदैछ। यो चलचित्रले पनि बक्स अफिसमा राम्रो व्यापार गर्ने प्रक्षेपण गरिएको छ।

आम नेपाली समाजको कथा, इमोस्नल टच, अब्बल कलाकारको लाइनअप रहेकाले चलचित्रबाट मिरुनाले सफलताको अपेक्षा गरेकी छन् । “जसरी यसअघि सफल भएका चलचित्रमा काम गर्दा पोजेटिभ भाइब्स आउँथ्यो, यो चलचित्रबाट पनि त्यस्तै महसुस भइरहेको छ,” मिरुना भन्छिन्, “त्यसैले यो चलचित्रबाट पनि धेरै आशा छ । दर्शकले मन पराइदिनुहुन्छ भन्नेमा विश्वस्त छु ।”

हिमाल न्यौपानेको निर्देशनमा तयार भएको चलचित्र भदौ ६ गतेबाट रिलिज हुँदैछ। यो चलचित्रको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् । चलचित्रमा मिरुना मगरसँगै विजय बराल, केकी अधिकारी, सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लागायतको अभिनय रहेको छ ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् भने कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महर्जन रहेका छन् ।
थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ । चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन् ।