एकसाथ चलचित्रमा देखिदै पल शाह र उषा उप्रेती
टिकटक हुँदै म्युजिक भिडियोमा सफलता हासिल गरेकी उषा उप्रेतीको चलचित्र अभिनय पक्का भैसकेको छ। उनले लगातार दुई चलचित्रमा काम गर्ने पक्का भैसकेको छ। निखिल उप्रेतीको निर्देशनमा तयार हुने चलचित्र ‘आचार्य’ मा उनले केहि महिना अगाडी काम गर्ने पक्का भैसकेको छ। यो चलचित्र निखिलले महत्वका साथमा राखेका छन्। चलचित्रमा निखिल उप्रेती,पूर्णिका सिजापति, उषा उप्रेती, एलिस खनाल लगायतका कलाकारको अभिनय रहनेछ।

यो चलचित्रको छायांकन सुरु नहुदै उषा अर्को चलचित्रमा अनुबन्ध भएकी छिन्। चन्द्र पन्तको निर्देशनमा तयार हुने चलचित्र ‘आ बाट आमा’ मा उनी प्रमुख भूमिकामा अनुबन्ध भएकी हुन्। यो चलचित्रमा प्रदिप रावत, विपना थापा र पल शाह प्रमुख भूमिकामा रहेका छन्। प्रदिप र विपना श्रीमान- श्रीमतीको भूमिकामा देखिदैछन् भने पल उनीहरुको छोराको रुपमा। यो चलचित्रमा पलको जोडीको रुपमा उषा देखिने चर्चा रहेको छ। पल र उषाले केहि म्युजिक भिडियोमा सहकार्य गरेका छन्। भिडियोमा हिट रहेको यो जोडी चलचित्रमा पनि जोडीको रुपमा देखिए दर्शकले रुचाउने अपेक्षा छ। चलचित्र चाडै सुटिङ्गमा जाने तयारीमा रहेको बुझिएको छ।