कार्तिक ६ बाट फेरी किन सर्यो ‘जारी २’?


यदि देशमा जेनजी आन्दोलन र त्यसले निम्त्याएको अवस्था सिर्जना नभएको भए असोज ३ गते शुक्रबार अर्थात् भोलीबाट यो चलचित्र रिलिज हुदैँथियो। यतिबेला चलचित्रको एडभान्स बुकिङ्ग र त्यसका समाचार बनिरहेका हुन्थिए। तर परिस्थिति भिन्न बन्यो। अवस्थाका कारण चलचित्रले रिलिज मिति सर्नु पर्यो। कार्तिक ६ गते भाईटिकाका दिन चलचित्रले आफ्नो नयाँ रिलिज मिति तय गर्यो। यहि समयमा अन्य केहि चलचित्रले पनि आफ्नो रिलिज मिति तय गरिसकेका थिए। दयाहाङ राई नै प्रमुख भूमिकामा रहेको चलचित्र यहि मितिमा रिलिजको तयारीमा रहेको छ।

तर रिलिज मिति तय गरेको एकदिन पनि चलचित्रको टिम यो निर्णयमा अडिग रहन सकेन। आफ्नो रिलिज मितिलाई केहि हप्ता पछि सर्दै चलचित्रको टिमले नयाँ मिति कार्तिक २१ गतेलाई तय गरेको छ। निर्माता रामबाबु गुरुङले सबैसँगको सल्लाह गरेर चलचित्रको प्रदर्शन मिति कात्तिक २१ गते तोकिएको बताएका छन् । २ पटक रिलिज मिति बद्लिएको चलचित्र यो बर्षकै प्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ।

दयाहाङ राई, मिरुना मगर, विजय बराल, वुद्दि तामाङ, ऋचा शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रमा उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको छ।

प्रतिक्रिया दिनुहोस्