मङ्सिर २६ बाट ‘लोकन्ती’ रिलिज तय
चलचित्र ‘लोकन्ती’ मङ्सिर २६ गतेबाट रिलिज हुने भएको छ । कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता सन्तोष न्यौपाने हुन्। परिवार, प्रेम, संघर्ष, शान्ति र समाजका सूक्ष्म द्वन्द्वलाई कथाको केन्द्रमा राखेर तयार गरिएको चलचित्रको रिलिज मिति तय संगै पोष्टर सार्वजनिक गरिएको छ। पोष्टरमा चलचित्रका प्रमुख कलाकारलाई प्रस्तुत गरिएको छ।

चलचित्रमा एसराज गराच, ऋचा थापा, विमला लिम्बु,कुमार न्यौपाने र विकाश अधिकारी, दमन रुपाखेती,गोविन्द प्रभात लगायत कलाकारहरूको अभिनय रहेको छ । पारिवारिक प्रेमकथाभित्र लुकेका सामाजिक संवेदनाहरू उजागर गर्ने लक्ष्य राखिएको चलचित्रलाई रञ्जित रानाले निर्देशन गरेका छन्।






