सूर्यको संगीतमा प्रमोद खरेलको ‘निष्ठुरी’ सार्वजनिक
प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत ‘निष्ठुरी’ सार्वजनिक भएको छ। संगीतकार तथा गायक सूर्य राईको संगीत रहेको गीतमा बरुण अधिकारीको शब्द रहेको छ। गीतले प्रेम, विछोड र प्रियजनको सम्झनामा छटपटाइरहेको मनको भावलाई प्रस्तुत गरेको छ।

गीतको भिडियोमा बरूण अधिकारी र बिना राउतले अभिनय गरेका छन्। प्रेमकथामा आधारित भिडिओमा उनीहरूले प्रेम, विछोड र भावनात्मक उतारचढावलाई अभिनयमार्फत प्रस्तुत गरेका छन्।
गीतको भिडिओमा संकल्प भुजेलको छायांकन, विकास दाहालको सम्पादन छ। भिडियोको निर्देशन बरूण अधिकारीले नै गरेका हुन्।










