चलचित्र ‘पच्चीस पच्चीस’को शुभ मुहूर्त सम्पन्न
केहि महिना अगाडी औपचारिक घोषणा भएको चलचित्र ‘पच्चीस पच्चीस’को शुभ मुहूर्त सम्पन्न भएको छ । बुधबार बिहान काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा पूजाआजा गरी चलचित्रको शुभ मुहूर्त गरिएको हो। निर्देशक सुव्रत आचार्यले बुधबारबाट नै चलचित्रको ४० दिनको सेड्युलमा छायांकन सुरु भएको जानकारी दिएका छन् ।

कर्ण इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको चलचित्रमा कर्ण कार्की निर्माता, सह-निर्माता धिरेन्द्र लाल कर्ण र मणिराज खड्का र कार्यकारी निर्माता दिपेन्द्र गौतम हुन्।
चलचित्रमा अबिषेक खड्का, खुसी कार्की, अमित सुब्बा (भक्ते भाइ), सरोज खनाल, दीपाश्री निरौला, प्रमोद अग्रहरी, आशिष पुरुष, तेज गिरी, हेना नगरकोटी, निशा गौतम लगातयले अभिनय गर्दैछन्। दार्जिलिङका हास्य कलाकार तथा कन्टेन्ट क्रिएटर अमित सुब्बा यस चलचित्रबाट अभिनयमा डेब्यु गर्दैछन्।







