एउटी आमाको सपना पुरा गर्दा सन्तानमा देखिएको खुशी


प्रेम र विवाहलाई न उमेरले रोक्न सक्छ न परिधिले छेक्न सक्छ। यसको उदाहरण भर्खरै विवाह गरेकी पुर्व बैंकर रविना देशराज श्रेष्ठ रहेकी छिन्। पहिलो विवाह विग्रिएपछि पारिवारिक जिम्मेवारी पुरा गरेपछि श्रेष्ठले आफ्नो खुशीको नयाँ बाटो कोरेकी छिन्। दुई सन्तान आयुष्मान देशराज जोशी र आशिरमान देशराज जोशीको जिम्मेवारी पुरा गर्दै सन्तानलाई हुर्काएर रविनाले आफ्नो विवाह गरेकी छिन्।

आयुष्मान देशराज जोशी र आशिरमान देशराज जोशी नेपाली चलचित्र क्षेत्रका अभिनेता हुन्। आयुष्मानले अभिनेत्री प्रियंका कार्कीसंग विवाह गरेका छन् भने दुवैको एक सन्तान ( आयाङ्का जोशी) रहेकी छिन्। रविनालाई बेहुलीको भेषमा सजाएर आयुष्मान र आशिरमानले विवाहको मण्डपमा पुर्याएका थिए। यो दृश्य आकर्षक देखिएको थियो । सन्तानले आफ्नी आमाको नयाँ यात्राको सुरुवात गर्न साथ दिनुभन्दा प्रेमिल दृश्य अरु के देखिएला र ? बिहिबार काठमाडौंको एक रिसोर्टमा रविनाले प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग विवाह गरेकी हुन् ।

उनको विवाह समारोहको सार्वजनिक भिडियोमा प्रियंका कार्की दिल खोलेर नाचेको देख्न सकिन्छ। रविनाको विवाहमा नै सहभागी हुन् अभिनेत्रीद्वय परमिता आरएल राणा र निरिशा बस्नेतको मुम्बईबाट नेपाल आएका हुन्। रविनाले गत पुषमा मेगा बैङ्कको कार्यकारी अधिकृतबाट राजीनामा दिएपछि गत पुषमा सामाजिक सञ्जालबाट प्रेमी सार्वजनिक गरेकी थिइन्। फागुनमा उनले इन्गेजमेन्ट गरेकी थिइन्। विवाहमा उनले संगीत, मेहेन्दी सवै सेरेमोनीको आयोजना गरेकी थिइन्।

https://fb.watch/lkWoMaTY46/

प्रतिक्रिया दिनुहोस्