मल्टिप्लेक्समा फेरी ‘ए मेरो हजुर ४’


बैशाख १ गते रिलिज भएको चलचित्र ‘ए मेरो हजुर ४’ भारतीय चलचित्र ‘केजीएफ २’ को मारमा पर्यो । कतिसम्म भने रातभर नै हल खोलेर चलचित्र ‘केजिएफ २’ लाई हलमा प्रदर्शन गरियो। सिमित शो मात्र दिईएको ‘ए मेरो हजुर ४’ ले दर्शक अभाव खेप्न परेन। जति शो पायो सिंगल र मल्टिप्लेक्स दुवैमा दर्शकको राम्रो साथ चलचित्रले पायो। रिलिजको चौथो हप्तामा चलचित्रलाई हलबाट बिदा गरीयो।

बैशाख २३ गतेसम्म हलमा लागेर विदा गरिएको चलचित्रलाई केहि मल्टिप्लेक्सले पुन शो दिएका छन्। लगातारको चलचित्र रिलिजका कारण पनि मल्टिप्लेक्सले चलचित्रलाइ हटाएका थिए। तर लगातार रिलिज भएका नेपाली चलचित्रले दर्शकको राम्रो साथ नपाएको कारण हलमा चलचित्र फर्काइएको हो। नेपाली मात्र हैन रिलिज भएका ‘हिरोपन्ती २’ र ‘रनवे ३४’ को व्यापार निकै कमजोर रह्यो। चलचित्रलाई पुन: हलमा चलाउदा पनि दर्शकको साथ अन्य चलचित्रले भन्दा राम्रो पाएको बुझिएको छ।

तर यहाँ हल संचलाकको पनि गज्जबका देखिएका छन्। ‘केजिएफ २’ लाई रातभर संचालन गरेर ‘ए मेरो हजुर ४’ लाई न्यून शो मा खुम्च्याएका हल संचालकले दर्शकको कमी भएपछी हलबाट उतारेर पनि पुन देखाएका छन्। यस्तै माया अरु बेला देखाईदिए चलचित्र निर्मातालाई केहि राहत मिल्ने थियो कि ?

प्रतिक्रिया दिनुहोस्