A vertical shot of the black cat in the dark darkness

‘चिसो मान्छे’ स्वस्तिमाको लुक्सले खिचेको ध्यान


कोरोनाको प्रभाव बिस्तारै कम हुदै गएपछि नेपाली चलचित्रले बिस्तारै आफ्नो रिलिज मिति तय गर्दै प्रचार सामग्री सामाजिक संजालमा सार्वजनिक गर्दै आएका छन्। यहि बिचमा बैशाख ३० गतेलाई रिलिज मिति तय गरेको चलचित्र ‘चिसो मान्छे’ ले असार ३ गतेलाई नयाँ रिलिज मिति तय गर्दै नयाँ पोष्टर रिलिज गर्यो ।


अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा रहेको चलचित्रमा उनले एक जुम्लाकी महिलाको भूमिका निर्वाह गरेकी छिन् । सार्वजनिक पोष्टरमा स्वस्तिमाको लुक्स निकै भिन्न र आकर्षक देखिएको छ । उनको गेटअप देखि ड्रेसअप सम्मले उनलाई दिएको पत्र माथीको मिहेनत स्पष्ट देख्न सकिन्छ । दिप्रेन्द्र के खनालको निर्देशनमा निर्माण भएको यो चलचित्र दर्शकका लागी नयाँ स्वाद हुने अपेक्षा धेरैको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्